बुधबार थप ३,४८७ जनामा कोरोना संक्रमण, उपत्यकामा मात्र ९६४ संक्रमित थपिए

काठमाडौं । आज बुधबार पछिल्लो २४ घण्टामा थप ३ हजार ४ सय ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ९ सय ७ जनाको पीसीआर परीक्षणमा २ हजार ६ सय १६ र ५ हजार ७ सय ४९ जनाको एन्टिजेन परीक्षणमा ८ सय ६५ जना गरी ३ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ३० जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार १ सय ८० पुगेको छ ।
थपिएका मध्ये काठमाडौं उपत्यकाका ९ सय ६४ संक्रमित रहेका छन ।त्यसैगरी वितेको २४ घण्टामा थप १ हजार ८ सय ८५ जना कोरोना संक्रमणमुक्त भएको छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।