२२ घण्टाभित्र मुख्यमन्त्रीमा दावी गर्न आह्वान

काठमाडौं । लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले साउन २८ गते अर्थात भोली दिउँसो ५ बजेसम्मको समय दिएर बहुमतको सरकार गठनका लागि दावी पेश गर्न आह्वान गरेका हुन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज आफुमाथि परेको अविश्वासको प्रस्तावमा छलफल हुनु अगाबै राजीनामा दिएका थिए ।
संविधानको धारा १६८ (२) अनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुई न्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि भोली दिउँसो ३ बजेभित्र दावी पेश गर्न आह्वान गरेका हुन् ।
मुख्यमन्त्री पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले अविश्वास प्रस्ताव दर्ता गराएका थिए ।
