डिम्याट खाता खोल्नेको संख्या ४० लाख पुग्यो

काठमाडौं । डिम्याट खाता खोल्नेको संख्या भन्डै ४० लाख पुगेका छन् । पछिल्लो २ महिनाको अवधिमा साढे ४ लाख भन्दा बढीले नयाँ डिम्याट खाता खोलेपछि ४० लाख पुगेको हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार साउन २७ गतेसम्म ३९ लाख ८६ हजार २३५ जनाले डिम्याट खाता खोलेका हुन् ।
धितोपत्र बोर्डले गत आर्थिक बर्ष सार्वजनिक गरेको तथ्याङ्क अनुसार जेठ २७ गतेसम्म ३५ लाख ४९ हजार २४७ डिम्याट खाता सञ्चालनमा थिए । दुई महिना अर्थात चालु आवको साउन २७ गतेसम्मको तथ्याङ्क अनुसार ४ लाख ३६ हजार ९८८ जनाले नयाँ डिम्याट खाता खोलेका हुन् ।
त्यस्तै दुई महिनाको अवधिमा मेरो शेयर खाता प्रयोगकर्ताको संख्या पनि झण्डै ५ लाखले बढेको छ । चालु आवको साउन २७ गतेसम्म सिडिएसको तथ्याङ्क हेर्दा ३० लाख ८१ हजार २७२ जना प्रयोगकर्ता छन् । गत आवको जेठ २७ गतेसम्म मेरो शेयर खाता प्रयोगकर्ताको संख्या २६ लाख थियो ।