नक्कली सामाजिक संजाल देखि होसियार रहन माछापुच्छे बैंकको आग्रह « Arthapath.com
१८ असार २०८२, बुधबार

नक्कली सामाजिक संजाल देखि होसियार रहन माछापुच्छे बैंकको आग्रह



काठमाडौं । नक्कली सामाजिक संजाल देखि होसियार रहन माछापुच्छे बेंकले आग्रह गरेको छ ।पछिल्लो समय माछापुच्छे बैंक लि.को नाममा नक्कली फेसबुक आइडी बनाएर म्यासेन्जर मार्फत ग्राहकसंग सम्पर्क गर्ने र विभिन्न जानकारीहरु माग गर्ने गिरोह सकृय भईरहेकोले सम्पूर्ण ग्राहक हरुलाई सचेत रहन बैंकले आग्रह गरेको छ ।

https://www.facebook.com/Macchapuchhre-Bank-107513404852143/ खोलेर म्यासेञ्जरमार्फत ग्राहकसँग च्याट गर्ने र विभिन्न जानकारी माग्ने लगायतका गतिविधि हुँदै आएकोले सचेत हुन बैंकले आग्रह गरेको छ ।

अनधिकृत सामाजिक संजाल मार्फत विभिन्न प्रलोभन देखाएर ओटीपी कोड, पासवर्ड, डेबिट तथा क्रेडिट कार्ड नम्बर, पिन नम्बर, सीभीभी आदि जस्ता जानकारी मागेको खण्डमा कहि कसैलाई पनि नदिनुहुन समपुर्ण ग्राहकहरुलाई बैंकले अनुरोध गरेको छ ।

यस्तो प्रकारका कल तथा म्यासेजहरु आएको खण्डमा अथवा अन्य कुनै समस्या वा जिज्ञासा भएमा तुरुन्तै बैंकको ग्राहक सेवा केन्द्रको सम्पर्क नम्बर ०१ ५९७०५५५ मा सम्पर्क गरेर गा्रहकले जानकारी लिन सक्ने छन ।


प्रतिक्रिया दिनुहोस्