उपत्यकामा आज राति ८ बजेपछि सवारीसाधन चलाउन रोक

काठमाडौं । कोरोना संक्रमण दर बढेपछि काठमाडौं उपत्यकाको निषेधाज्ञामा कडाई गरेको छ । अब काठमाडौं उपत्यकामा सवारीसाधन सञ्चालनमा कडाई गरेको हो ।
काठमाडौं उपत्यकामा आजदेखि लागू हुनेगरि सवारी साधनमा कडाई गरेको हो । उपत्यकामा आजदेखि ८ बजेपछि सार्वजनिक र निजी सवारी साधन सञ्चालनमा रोक लगाईएको हो । कोरोना संक्रमण दैनिक बढेको र कोरोनाको तेस्रो लहरको रोकथाम गर्न भदौसम्मका लागी यस्तो निर्णय गरिएको हो ।
कोरोना संक्रमण बढ्दै गएपछि रोकथाम तथा नियन्त्रण गर्न राती ८ बजेदेखि अत्यावश्यकबाहेक निजी र सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिए ।