लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त, काे-काे बन्दैछन मन्त्री ?
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त भएका छन् । एमाले नेता शंकर पोखरेलले बुधबार राजीनामा दिएपछि कुलप्रसाद केसी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेको कुलप्रसाद केसीलाई प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नव नियुक्त मन्त्री केसीले प्रदेश सभामा बहुमत पुर्याएपछि मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
उनले बिहीबार ४२ जना सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखलाई बुझाएका थिए । कांग्रेस, माओेबादीबीच आठ–आठ महिना सरकारको नेतृत्व गर्ने सहमति भएको छ ।
नव नियुक्त मुख्यमन्त्री केसीले बिहीबार नै सानो आकारको मन्त्रीपरिषद विस्तार गर्ने तयारी थालेका हुन् ।