३२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मुत्यु

काठमाडौं । आज बिहिबार थप ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ४ सय ६२ जनामा परिक्षण गर्दा पिसिआ। विधिबाट २ हजार ४ सय ७३ र एन्टीजेनविधिबाट ७ सय ८७ जना गरि ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ लाख २५ हजार ७ सय ६९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । यो संगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १० हजार २ सय १२ जना पुगेको छ ।
२ हजार २ सय ९४ जना पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७७ हजार ३ सय ७७ पुगेको छ । हाल देशभर ३८ हजार १ सय ८० जना संक्रिय संक्रमित रहेका छन ।