नेशनल माइक्रोफाइनान्सको छलाङ, ३०७.६१ प्रतिशतले बढ्यो नाफा, अन्य सुचक कस्तो ? « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

नेशनल माइक्रोफाइनान्सको छलाङ, ३०७.६१ प्रतिशतले बढ्यो नाफा, अन्य सुचक कस्तो ?



काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफामा छलाङ मारेको छ । लघुवित्तले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा ३२ करोड ५७ लाख रुपैयाँ पुगेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०७.६१ प्रतिशतत धेरै हो ।


नाफा संगै लघुवित्तको खुद ब्याज आम्दानी पनि १३०.३१ प्रतिशतले बढेको छ । लघुवित्तले सम्भावित जोखिमको लागि ४ करोड ७२ लाख रुपैयँ छुटाएको छ । सञ्चालन मुनाफा ३०७.६१ प्रतिशतले बढेको छ ।

असार मसान्तसम्म आईपुग्दा कम्पनिको चुक्ता पूँजी ५८.७१ प्रतिशतलेबढेको छ । लघुवित्तको सापटी रकम १०६.२९ प्रतिशत, निक्षेप ६०.२० प्रतिशत र कर्जा १२२.७१ प्रतिशत र भने जगेडा कोष १६५.६१ प्रतिशतले बढेके हने ।

खुद नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी ४७ रुपैयाँ ४७ पैसा बढेर ७७ रुपैयाँ ७३ पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४६.३५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३३ रुपैयाँ ६९ पैसा पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्