सानिमा लाइफको आईपीओ भोलि बिहान ११ बजे बाँडफाँड गरिने « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

सानिमा लाइफको आईपीओ भोलि बिहान ११ बजे बाँडफाँड गरिने



काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ भोलि शनिबार बिहान ११ बजे बाँडफाँड गरिने भएको छ । कम्पनीको आईपीओ सानिमा लाइफ इन्स्योरेन्सको दरबारमार्ग स्थित बिजनेस कार्यालयमा बाँडफाँड गरिने भएको हो ।

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा २४ लाख १९ हजार १२७ जनाले ३ करोड ६९ लाख ४३ हजार ४४० कित्ता शेयरको लागि आवेदन दिएको निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । तर विभिन्न कारणले १ लाख ११ हजार ७२६ जनाको आवेदन रद्द भएको छ । बाँकि २३ लाख १३ हजार ५५६ जनाको मात्रै सदर भएको छ । जसमध्ये १७ लाख ६८ हजार १२२ जना आवेदकको हात खालि हुने भएको हो ।

कम्पनीले बुधबारदेखि ६० करोड रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई र बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको थियो ।


प्रतिक्रिया दिनुहोस्