अजोडको नाफा ५० प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ९.५३ रुपैयाँ पुग्दा अन्य सूचक यस्ता छन् « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

अजोडको नाफा ५० प्रतिशत बढ्यो, प्रतिशेयर आम्दानी ९.५३ रुपैयाँ पुग्दा अन्य सूचक यस्ता छन्



काठमाडौं । अजोड इन्स्योरेन्सको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा ४९.७५ प्रतिशत बढेर ९ करोड ५२ लाख ६८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद नाफा ६ करोड ३६ लाख २० हजार रुपैयाँ आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन २६.३८ प्रतिशत बढेर ३८ करोड २८ लाख १५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३० करोड २९ लाख ५ हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।

कम्पनीले गत असार मसान्तसम्म १ लाख २८ हजार १८४ वटा बीमालेख जारी गरी १ अर्ब ३० करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीले कुल ४ हजार ४१८ वटा दाबी बापत ६१ करोड ७४ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ३ हजार ९२५ वटा दाबी बापत ७५ करोड २१ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

समिक्षा अवधिमा कम्पनीकोपुनर्बीमा कमिशन ३५ं९८ प्रतिशत बढेर १९ करोड ३ लाख ४२ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्य आयबाट ३ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ ।

गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी स्थिर रहेर१ अर्ब रुपैयाँ, जगेडा कोष ८९.२८ प्रतिशत बढेर ९ करोड ८ लाख ८९ हजार रुपैयाँ, बीमा कोष ७६.३७ प्रतिशत बढेर ११ करोड ७ हजार रुपैयाँ र महाविपत्ती कोष ८९.२६ प्रतिशत बढेर १ करोड ९९ हजार रुपैयाँ संचित छ ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५३ पैसा, प्रतिशेयर नेटवर्थ १२१ रुपैयाँ १० पैसा र मूल्य आम्दानी अनुपात ८५.४० गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्