एनएलजी इन्स्योरेन्सको नाफा २५.४८ प्रतिशत बढ्यो, खुद बीमा शुल्क आर्जन २ अर्ब ८ करोड

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा २५.४८ प्रतिशत बढेर २५ करोड २२ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको सोही अवधिमा खुद नाफा २० करोड १० लाख ४७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीको कुल बीमा शुल्क आर्जन १९.९८ प्रतिशत बढेर २ अर्ब ८ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले कुल बीमा शुल्क १ अर्ब ७३ करोड रुपैयाँ गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी १ अर्ब ३४ करोड रुपैयाँ गरेको छ भने अघिल्लो आवको सोही अवधिमा ८९ करोड ८ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक बर्षको असार मसान्तसम्म खुद दाबी भुक्तानी ५० करोड ३८ लाख रुपैयाँ गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ८.७१ प्रतिशत बढेर १ अर्ब ९ करोड ६३ लाख ७६ हजार रुपैयाँ, जगेडा कोष ५०.१३ प्रतिशत बढेर ४६ करोड ६८ लाख २३ हजार रुपैयाँ, बीमा कोष १७.१९ प्रतिशत बढेर १ अर्ब ५ करोड ३ लाख ४३ हजार रुपैयाँ संचित रहेको छ ।
समिक्षा अवधिमा कमपनीको प्रतिशेयर आम्दानी २३ रुपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ भने २४२ रुपैयाँ १४ पैसा रहेको छ ।