नेपाल टेलिकमको फाइबर टु द होम सेवा ५४ जिल्लामा विस्तार, १ लाख ७२ हजार बढी ग्राहाक पुगे « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

नेपाल टेलिकमको फाइबर टु द होम सेवा ५४ जिल्लामा विस्तार, १ लाख ७२ हजार बढी ग्राहाक पुगे



काठमाडौं । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा विस्तार भएको छ । यहि साउन २८ गतेसम्ममा देशभर ५४ जिल्लाका कुल १ लाख ७२ हजार बढी ग्राहकलाई वितरण भइसकेको टेलीकमले जनाएको छ ।

२०७५ सालसम्म १ हजार ७ सय ३८ ग्राहकलाई सेवा दिईरहेको हाल बढाएर १ लाख ७२ हजार पुराएको छ । टेलीकमलेयस वर्षके बैशाख, जेठ, असार र साउनको २८ गतेसम्म करिब ४ महिनामा ६४,२९९ नयाँ लाइन वितरण थप गरेको छ ।

नेपाल टेलिकमले एफटीटीएच सेवा अन्तर्गत मुख्यतः भ्वाइस र डाटा सेवा मात्र उपलब्ध गराइरहेकोमा गत २०७७ पुस १७ देखि एनटी टिभी ब्रान्डमा आईपी टिभी सेवा समेत उपलब्ध गराइरहेको छ । प्रारम्भमा काठमाडौं उपत्यका र बनेपामा मात्र उपलब्ध गराइएको एनटी टिभी सेवा हाल भरतपुर, हेटौंडा, लाहान, टाँडी, धुलिखेल, नगरकोट, पोखरा, सौराहा, बुटबल, बर्दघाट, बागलुङ्ग, तौलिहवा, सन्धिखर्क, भैरहवा, पाल्पा, सिसुवा, तम्घास, दमौली, धादिङ, परासी, मंगलापुर र सिराहालगायत स्थानमा पनि विस्तार भइसकेको छ ।

मूलतः उच्च गतिको भरपर्दो इन्टरनेट सेवाका लागि उपयोग भइरहेको एफटीटीएच सेवाले भ्वाइस टेलिफोनका लागि तामाको तारको विकल्पको रुपमा फाइबर उपलब्ध गरेको र फाइबरबाट टेलिभिजन सेवा पनि उपलब्ध भए पश्चात ट्रिपल प्लेको अवधारणा कार्यान्वयन भएको छ । यस आर्थिक वर्षमा मुलुकभरका ६५ जिल्लामा एफटीटीएच सेवाको विस्तार गर्ने कम्पनीको योजना रहेको टेलीकमले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्