मानुषी लघुवित्तको आइपीओमा ६५.२१ गुणा बढी आवेदन, कतिले दिए आवेदन ? « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

मानुषी लघुवित्तको आइपीओमा ६५.२१ गुणा बढी आवेदन, कतिले दिए आवेदन ?



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओमा साढे १८ लाखले आवेदन दिएका छन् । बिक्री प्रबन्धक एसविआई मर्चेण्ट बैंकिङ्कका अनुसार शुक्रबार ५ बजेसम्मको तथ्याङ्क अनुसार १८ लाख ५६ हजार ५५० जना आवेदकले २ करोड ४० लाख ३४ हजार १५० कित्ता शेयर खरिदको लागि आवेदन दिएका हुन् । यो माग गरिएको भन्दा ६५.२१ गुणा बढी आवेदन परेको हो ।

लघुवित्तले बुधबारदेखि प्रतिशेयर १०० रुपैयाँका दरले ३ करोड ९३ लाख ७५ रुपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको हो । जसमध्ये ०।५ प्रतिशत आर्थत ५ हजार ४६९ कित्ता शेयर कर्मचारीलाई र ५ प्रतिशत अर्थात १९ हजार ६८८ कित्ता शेयर सामुहिक लगानी कोष र बाँकि रहने ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणका लागी छुट्याईएको छ ।

लघुवित्तको आइपीओमा छिटोमा साउन ३१ गते र ढिलोमा भदौ ९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्काशनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले लघुवित्तलाई केयर एनपी बि प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा उच्च जोखिम रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्