बैंक अफ काठमाण्डूको ब्याज र प्रतिशेयर आम्दानी बाहेक सबै सूचक बढ्यो
काठमाडौं । बैंक अफ काठमाण्डूको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ५.१५ प्रतिशत बढेर १ अर्ब ५३ करोड ५९ लाख ७२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ अर्ब ४६ करोड ६ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक बर्षको असार मसान्तसम्म बैंकको खूद ब्याज आम्दानी ११.८९ प्रतिशत घटेर ३ अर्ब १४ करोड ९८ लाख ९३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब ५७ करोड ५२ लाख ५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समिक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ७.७२ प्रतिशत बढेर २ अर्ब २५ करोड ५८ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ९ करोड ३९ लाख ५० हजार रुपैयाँ संचालन मुनाफा रहेको थियो । समिक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १२ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा बैंकको चुक्ता पूँजी १३ प्रतिशत बढेर ९ अर्ब ६५ करोड ४१ लाख ७६ हजार रुपैयाँ, जगेडा कोष १४.६६ प्रतिशत बढेर ५ अर्ब ४८ करोड ८५ लाख ८२ हजार रुपैयाँ, निक्षेप १२.२७ प्रतिशत बढेर १ खर्ब ३ अर्ब ४१ करोड ३४ लाख ८८ हजार रुपैयाँ र कर्जा २३.३२ प्रतिशत बढेर ९३ अर्ब ५८ करोड १२ लाख १० हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्म बैंकको ९७ करोड ७६ लाखमा सीमित रिटेन अर्निंग बढेर यो वर्ष १ अर्ब २० करोडको उचाईमा पुगेको छ ।
गत असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी १५ रुपैयाँ ९० पैसामा सिमित भएको छ । असघल्लो आवको सोही अवधिमा बैंकको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ९ पैसा रहेको थियो । बैंकको पीई अनुपात २३.८४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९.०७ रुपैयाँ रहेको छ । बैंकको तरलता अनुपात २८.३६ प्रतिशत कायम छ ।