हालै आईपीओ निष्कासन गरेको सानिमा लाइफको सबै सूचकमा चम्कियो, बीमाशुल्क १३३ प्रतिशत बढ्यो

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा २०.३७ प्रतिशत बढेर १० करोड २७ लाख ७६ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ८ करोड ५३ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत आर्थिक बर्षको असार मसान्तसम्म कम्पनी खुद बीमा शुल्क आर्जन १३३.४४ प्रतिशत बढेर १ अर्ब ९३ करोड ५९ लाख ५८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद बीमा शुल्क आर्जन ८२ करोड ९३ लाख १३ हजार रुपैयाँ गरेको थियो ।
असार मसान्तसम्म कम्पनीको कुल बीमा शुल्क आर्जन १३४.०६ प्रतिशत बढेर १ अर्ब ९६ करोड ३१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ८३ करोड ८७ लाख रुपैयाँ गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । तर अब आईपीओ निष्सकान गरिसकेकाले चुक्ता पूँजी २ अर्ब पुगेको छ । कम्पनीको जगेडा कोष १०३.०८ प्रतिशत बढेर २४ करोड ७७ लाख ६५ हजार रुपैयाँ र जीवन बीमा कोष १२१.०६ प्रतिशत बढेर २ अर्ब १० करोड २० लाख ३७ हजार रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा २०१.२७ प्रतिशत बढेर १ अर्ब ५२ करोड १४ लाख ९८ हजार रुपैंयाँ, व्यवस्थापन खर्च ७९.९६ प्रतिशत बढेर ३ करोड ८१ लाख ५६ हजार रुपैयाँ रहेको छ ।
लगानी, कर्जा तथा अन्य आय ७९.८१ प्रतिशत बढेर १३ करोड ५१ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । कम्पनीको गत असार मसान्तसम्म दाबी भुक्तानी ३२.८७ प्रतिशत बढेर १० करोड १३ लाख ३७ हजार रुपैयाँ गरेको छ । अभिकर्ता कमिसन १२३.३२ प्रतिशत बढेर ३४ करोड ४७ लाख ९ हजार रुपैयाँ गरेको छ ।
समिक्षा अवधिमा कम्पनीको कुल बीमा लेख संख्या ४०.६२ प्रतिशत बढेर ३ करोड ८२ लाख ७५ हजार गरेको छ ।