नेशनल मर्चेण्ट बैंकरले डाक्यो साधारण सभा, ५२ प्रतिशत नगद लाभांश पारित गर्ने « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

नेशनल मर्चेण्ट बैंकरले डाक्यो साधारण सभा, ५२ प्रतिशत नगद लाभांश पारित गर्ने



काठमाडौं । नेशनल मर्चेण्ट बैंकर लिमिटेडको ८ औं वार्षिक साधारण सभा डाकेको छ । साउन १८ गते बसेको संचालक समितिको बैठकले भदौ १२ गते ८ औं बार्षिक साधारण सभा गर्ने निर्णय गरेको छ ।

साधारण सभाले ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । त्यस्तैगरी साधारण सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र लेखा परीक्षकको नियुक्ति गर्ने निर्णय पारीत गर्ने छ ।

त्यसैगरी भदौ १२ गते बस्ने साधारण सभाले अहिले भईरहेको सञ्चालक समिति सदस्यहरुको पदावधि समाप्त भएकाले नयाँ सञ्चालक समिति चयन गर्ने निर्णय गर्ने छ ।

साधारण सभा भदौ १२ गते कम्पनीको केन्द्रीय कार्यालय डिल्लीबजार, काठमाडौंमा बिहान ९ बजे सभा गर्ने जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्