कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखाको उद्घाटन

काठमाडौं । कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन गरेको छ । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला वन्दीपुर गाउंपालिका वडा नं. १ डुम्रे स्थित शाखा कार्यालयलाई पुनर्निर्माण सम्पन्न गरि साउन ३१ गतेको दिन उद्घाटन गरिएको हो । उक्त शाखाको बैंकका सञ्चालकहरु चतुराखर अधिकारी, देवकृष्ण काफले र बलराम बरालले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
Social Media Banking, Internet Banking, Mobile Banking, SMS Banking जस्ता विभिन्न Digital माध्यमहरुबाट समेत ग्राहकहरुलाई सहज र उत्कृष्ट सेवा प्रदान गर्दै आएको यस बैंकले १२९ वटा शाखा, १ वटा विस्तारित काउन्टर तथा ७२ वटा एटिएममार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।