नेपाल इन्स्योरेन्सले गर्यो सबै सूचकमा ब्यापक सुधार, खुद नाफा ३३ प्रतिशत बढ्यो

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा खुद नाफा ३२.९९ प्रतिशत बढेर ३४ करोड ८७ लाख ७८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले २६ करोड २२ लाख ५१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको बीमा कोष ४१.१४ प्रतिशत बढेर ५९ करोड ५७ लाख ३१ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोष ४२ करोड २० लाख ९८ हजार रुपैयाँ रहेको थियो । गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १३.४० प्रतिशत बढेर १ अर्ब २४ करोड २३ लाख ३९ हजार रुपैयाँ र जगेडा कोष ६.११ प्रतिशत बढेर ४२ करोड ६ लाख रुपैयाँ संचिती रहेको छ ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क बढेर ६.७० प्रतिशत बढेर ७१ करोड ४२ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६६ करोड ९३ लाख ७९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी २६.९२ प्रतिशत बढेर २१ करोड ८० लाख ५८ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १७ करोड १८ लाख १२ हजा रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । कम्पनीले ५ हजार ६७५ वटा बीमालेख बापत ६० करोड ७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ भने ३ हजार ६६९ वटा दाबी बापत १ अर्ब ९ करोड ८३ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ०७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ८१ पैसा रहेको छ । पी ई अनुपात ३६.४० गुणा रहेको छ । समिक्षा अवधिमा पुनर्बीमा व्यवसाय कमिशन १.०७ प्रतिशत घटेर बापत १६ करोड २२ लाख ४१ हजार रुपैयाँ र लगानी कर्जा तथा अन्यबाट १२ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनी १ लाख ४५ हजार २०८ वटा बीमालेख जारी गरी १ अर्ब २७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यस अवधिमा कम्पनीको १० हजार ६२१ बीमालेखहरु नवीकरण भएका छन् ।