एशियन लाइफले अधिकांश सुचकमा फड्को मार्यो, जीवन बीमा कोष २६ अर्ब ४८ करोड नाघ्यो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ३९.८५ प्रतिशत बढेर २५ करोड ४३ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले १८ करोड १८ लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी २ अर्ब १ करोड ७ लाख ६० हजार रुपैयाँ र जगेडा कोष ६४.३८ प्रतिशत बढेर ८९ करोड ९२ लाख ६५ हजा रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीको जीवन बीमा कोष २२.५७ प्रतिशत बढेर २६ अर्ब ४८ करोड ७७ लाख २० हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको २१ अर्ब ६१ करोड २ लाख ४७ हजार रुपैयाँ जीवन बीमा कोष जम्माको रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २७.८१ प्रतिशत बढेर ५ अर्ब ८० करोड ३६ लाख ५१ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधीमा कम्पनीले ४ अर्ब ५४ करोड ८ लाख २३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म कम्पनीको खुद दावी भुक्तानी ९०.८१ प्रतिशत बढेर ९९ करोड ३२ लाख ३१ हजार रुपैयाँ गरेको छ अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ५२ करोड ५ लाख ४० हजार रुपैयाँ खूद दावी भुक्तानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको व्यवस्थापनमा खर्च ३१.६७ प्रतिशत बढेर ८२ करोड ५३ लाख ६९ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमपनीले ६२ करोड ६८ लाख २९ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको थियो ।
गत बर्षको अन्त्यसम्म कम्पनीको अभिकर्ता कमिसन ४१.२९ प्रतिशत बढेर ७१ करोड १३ लाख ६ हजार रुपैयाँ गरेको छ । गत असार मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ६५ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ४९ रुपैयाँ २४ पैसा रहेको छ ।