सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौ. । आज मगलबार सुनचाँदी दुबैको मुल्य बढेको छ । भदौ महिना लागेसंगै आज सुन तोलामा ४ सय र चाँदी १० रुपैयाँले बढेको हो । आज सुन तोलामा ४ सयले बढेर छापावाला सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ, तेजावी सुनको भाउ ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
हिजो सोमबार छापावाला सुन प्रतितोला ९० हजार ६०० रुपैयाँ, तेजावी ९० हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।