मंगलबार नेप्से सामान्य अंकले बढ्यो, १८ अर्ब २० करोडको कारोबार « Arthapath.com
१८ असार २०८२, बुधबार

मंगलबार नेप्से सामान्य अंकले बढ्यो, १८ अर्ब २० करोडको कारोबार



काठमाडौं । आज मंगलबार नेप्से ०.२३ अंकले बढेको छ । बजार ०.२३ अंकले बढेर नेप्से परीसुचक ३१६०.३१ अंकमा पुगेमा बजार बन्द भएको छ ।
यस दिन सबैभन्दा बढी जीवन विमा समुहका लगानिकताले गुमाएका छन । भने विकास बैंक समुहका लगानिकर्ताले सबैभन्दा बढि कमाएका हुन ।

आज दिनभर २ सय २१ कम्पनिको ३० करोड ६१ लाख ३ हजार ४ सय ३९ कित्ता शेयर १ लाख ६१ हजार ७ सय २१ पटक किनबेच हुदा १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २ सय ३७ रुपैयाँको कारोबार भएको छ ।

आज विकास बैंक समुह २९२,हाईड्रोपावर ११६, फाइनान्स १४१ उत्पादन समुह ९, माईक्रोफाइनान्स समुह ५ अंकले बढेको छ । त्यसैगरी जिवन बिमा समुह २५१, निर्जिवन विमा समुह १३२, व्यापार समुह ५९, होटल एण्ड टुरीजम ३८,अन्य समुह ३५ बैकिङ समुह २३ अंकले घटेको छ ।


प्रतिक्रिया दिनुहोस्