एमसीसी लागू भएमा अफगान राष्ट्रपतिले जस्तै ज्यान बचाउन देश छोडेर सरणार्थी बन्ने अवस्था आउँछ ! « Arthapath.com
२ भाद्र २०७८, बुधबार

एमसीसी लागू भएमा अफगान राष्ट्रपतिले जस्तै ज्यान बचाउन देश छोडेर सरणार्थी बन्ने अवस्था आउँछ !



राजेन्द्र भट्ट

यतिबेला संसारको ध्यान अफगानिस्तान तिर केन्द्रीकृत छ । अफगानिस्तानको जनजीवन अस्तव्यस्त छ । अफगानी नागरिकहरू युद्धको भुमरीबाट प्राण बचाउनका लागि आफ्नो सर्वश्व त्यागेर अफगानिस्तान छोड्न काबुलको विमानस्थलमा तिर दौडिरहेका छन् । त्यस विमानस्थलमा मानवसभ्यताको नै आँखा रसाउने कारुणिक दृश्यहरू देखिएका छन् । तालिवानले त्यहाँको सत्ता कब्जा गरेको छ । संयुक्त राष्ट्र सङ्घमा भारत र पाकिस्तानभन्दा पहिले नै दर्ता भएको देश अफगानिस्तान सन् १९७० को दशकदेखि बेला बेला भूराजनीतिको चपेटामा परेको छ । कुनै समय भारतको भन्दा बढी जिडिपी भएको र ‘लण्डन अफ साउथ एसिया’ भनेर चिनिने काबुल आज विक्षिप्त भएको छ ।  स्रोत साधनले सुन्दर अनि भरिपूर्ण देश अफगानिस्तान ७० को दशकमा सुखी अनि शान्त थियो ।
 
जब अफगानिस्तानको प्राकृतिक स्रोत र साधनहरू माथि पश्चिमाहरूको नजर पर्यो तबदेखि अफगानिस्तानको जीवन, भविष्य र भाग्यमा ठूलो दशा आईपर्यो । ७० को दशकदेखि पश्चिमाहरूले अफगानिस्तानमा बिकसित गरेको संस्कार र संस्कृतिले अफगानिस्तानलाई आन्तरिक द्वन्द्वमा धकेल्यो । साम्राज्यवादी पश्चिमाहरूको स्वार्थ र अफगानी नेताहरूको असंवेदनशीलता अफगानिस्तानले आज यो परिस्थिति सामना गर्नु परिरहेको छ । 

अफगानिस्तानको स्रोत साधनहरूमाथि पश्चिमाको नजर परिसकेपछि तिनै पश्चिमाहरूले अफगानिस्तानमा  तालिवानलाईलाई जन्म दियो, मल जल गर्यो र देश भित्र आन्तरिक द्वन्द्व सृजना गरायो । अफगानिस्तानले  आफूलाई असुरक्षित महसुस गर्यो, पश्चिमाहरूको जालोमा अफगानिस्तान पर्दै छ भन्ने अफगानिस्तानलाई कुनै थाहा थिएन र अफगानिस्तानले तिनै पश्चिमाहरूसँग सुरक्षा सहयोग माग गर्यो, पश्चिमाहरूले सुरक्षा सहयोगका नाममा अफगानिस्तानको स्रोत साधन माथि दोहन गरि आफ्नो स्वार्थ पुरा गर्दै छ भन्ने कुरा तिनै तालिवानी र अफगानहरूले थाहा भयो अनि अफगानिस्तानमा सङ्घर्षको आधी आयो । त्यो आधिमा निर्दोष परे की दोषी परे वा कोको परे, न अफगानिस्तानलाई थाहा छ न त ति पश्चिमाहरूलाई नै थाहा छ । बस केवल एक महिनामा नै अफगानिस्तान विक्षिप्त अलपत्र पर्यो ।

के हो पश्चिमाबाद र यसको नीति ?

पश्चिमाबाद भनेको साम्राज्यवादी नीति अनुसरण गर्ने बिकसित पश्चिमी मुलुकहरूको संस्कार वा संस्कृति हो । यसले पश्चिमीमुलुक वा पश्चिमी संस्कृति र प्रभावलाई विश्वमा फैलाउने मुख्य भूमिका खेल्दैछ । विशेषगरी अमेरिकिमुलकको संस्कृति र संस्कारलाई विश्वमा स्थापित गराउने उद्देश्यले र बिभिन्न स्वार्थपूर्ति गर्ने उद्देश्यले सहयोगका बिभिन्न बहानामा संसारका गरिब तथा अविकसित देशहरूमा दलाल पुँजीवादी ब्यवस्था स्थापित गरि ति देशहरूमा आफ्नो प्रवेश र प्रभाव जमाउने मुख्य लक्ष्य बोकेको हुन्छ ।

अफगानिस्तानको यो स्थिति देखेर नेपालमा पनि लागू हुन लागेको अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताले नेपाललाई पनि अफगानिस्तान बनाउने त हैन भन्ने चिन्ता कतिपय देशभक्त नागरिक र सर्वसाधारणका मनामा प्रश्न र डर पैदा हुन थालेको छ ।एमसीसी सम्झौतामा कतिपय बुँदाहरू नेपालको संविधान, राष्ट्रियता र स्वानधिनतामाथि नै आँच आउने गरी समावेश गरिएका छन् । यि बुंदाहरुबाट के प्रष्ट हुन्छ भने पश्चिमाहरूको वा अमेरिकाको स्वार्थ लुकेको छ । अमेरिकाले बिभिन्न सहयोगका नाममा नेपालको स्रोतसाधन र नेपालको अस्मिताको दोहन गरेर आफ्नो स्वार्थ पुरा गर्न अमेरिकाले हर प्रयास गर्ने छ र नेपालको सुन्दरता र नेपाली समुदाय माथि आन्तरिक द्वन्द्व पैदा गरेर नेपाल लाई पनि विक्षिप्‍त बनाउने छ ।

त्यसैले नेपालले समयमै पश्चिमी दलाल पुजींवादिको भुमरीमा फस्नु हुदैन । यदि नेपाललाई पश्चिमाहरूको यो भुमरीमा लादिन्छ भने यसबाट मुक्त हुन नेपालले पनि  ठूलो संघर्ष गर्नु पर्ने छ र उक्त संघर्षलाइ पश्चिमाका कठपुतलि हरुले सक्तिको बलमा नियन्तण गर्न खोज्ने छन् तर सक्तिका आडमा त्यो संघर्षलाई दबाउन खोजे सङ्घर्षको ज्वालामुखिले जस्तो सुकै सक्तिलाइ पनि घुडा टेक्न बाध्य गराउंने छ । त्यसैले नेपालका सासक र नेताहरुले विभिन्न बहानामा अनावश्यक र राष्ट्रिय हित बिपरितका सन्धि वा सम्झौताहरु लागू गर्नु हुदैन । यदि यस्ता सम्झौता वा सन्धी लागू गर्दछन भने एक दिन तिनिहरुले पनि अफगान राष्ट्रपति अशरफ गनीको जस्तै ज्यान बचाउन देश छोडेर सरणार्थी हुनु पर्ने छ ।

लेखक राजेन्द्र भट्ट अखिल क्रान्तिकारी कैलाली जिल्ला सदस्य हुन् ।


प्रतिक्रिया दिनुहोस्