एमाले फुट्यो, एमाले समाजवादी दर्ता गदै माधव समुह
काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले विभाजित भएको छ । नेकपा एमालेबाट अल्गीएर बरिष्ठ नेता माधवकुमार नेपालले एमाले समाजवादी दर्ता गर्न लागेका छन ।
मन्त्रिपरिषदको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीलेआज मात्रै संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेसंगै एमाले फुटेको छ ।नेपाल समुह ‘नेकपा एमाले समाजवादी’ दर्ताका लागि निर्वाचन आयोग आजै जाने स्रोतले जनाएको छ ।
नेता नेपालको संयोजकम बन्ने ‘नेकपा एमाले समाजवादी’कोे ९५ सदस्यीय केन्द्रीय कमिटी हुने र चुनाव चिन्हमा खुला किताब प्रस्ताव गरिएको नेपाल निकट एक नेताले जानकारी दिएका छन ।