सिनर्जी पावरको १० प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १० प्रशित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनिले साधारण सभा गर्नको लागि भोलीबट भदौ १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ आजसम्म कारोबार भएका शेयरधनीहरुले उक्त लाभांश पाउने छन ।
कम्पनिले १५ औ वार्षिक साधारणसभा भदौ १८ गते शुक्रबार भर्चुअल माध्यमबाट गर्ने जनाएको छ । उक्त साधारण सभाले १० प्रतिशत लाभांश र हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारीत गर्ने छ ।
कम्पनिले कम्पनिकोहाल कायम चुक्ता पूँजीको १० प्रतिशतले हुन आउने ७ करोड ३३ लाख २५ हजार बराबरको बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ५२६३ प्रतिशतले हुन आउने ३८ लाख ५९ हजार ९४ रुपैयाँ ७५ पैसा नगद लाभांश गरि कुल १० दशमलव ५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।