सनराइज बैंकको भाद्र महिनामा नारीहरुलाई छुटै छुट « Arthapath.com
२६ जेष्ठ २०८३, मंगलबार

सनराइज बैंकको भाद्र महिनामा नारीहरुलाई छुटै छुट



काठमाडौ । आफ्ना ग्राहकहरुलाई नबिनतम् र अत्याधुनिक सेवा र सुविधाहरु प्रदान गर्दै आएको सनराइज बैंकले भाद्र महिनामा नारी विशेष योजना ल्याएको छ । यस योजना अन्तर्गत आफ्ना ग्राहकहरुको लागि भाद्र महिनाभरि विभिन्न सेवाहरु निशुल्क गर्नुका साथै क्यास ब्याक र छुटहरुको पनि व्यवस्था गरेको छ ।

यो योजना अन्तर्गत आफ्ना ग्राहकहरुलाई भाद्र महिनाभरि नारी बचत खाता खोल्ने महिलाहरुलाई नारी बचत खातामा आकर्षक ब्याजका साथैे विभिन्न पाँच वटा सेवाहरु निशुल्क दिइने भएको छ । प्रथम वर्षको लागि निशुल्क दिइने सेवामा डिम्याट, मेरो शेयर, डेबिट कार्ड, के्रडिट कार्ड तथा लकर सेवा छन् ।

साथै बैंकले अनलाइनबाटै खाता खोल्ने सुविधा पनि प्रदान गर्दै आएकोमा भाद्र महिनाभरि अनलाइन खाता खोल्ने सम्पूर्ण नारीहरुलाई पहिलो कारोबार गर्दा २५५ वा रु ३०० सम्मको छुट समेत प्रदान गर्ने बैँकले जनाएको छ ।

साथै सन्राइज नारी बचत खाता हुने सम्पूर्ण ग्राहकहरुलार्ई भाद्र महिनाभरि कर्जा लिँदा प्रशासनिक शुल्कमा ०।२५५ सम्मकोे छुट दिने समेत बैंकले जनाएको छ ।

नारीहरु अझ अगाडि बढ्न सहयोग पुगोस् भनेर बैंकले खाता खोल्ने देखि आधुनिक सेवा उपयोग गर्ने सम्मका विभिन्न सुविधाहरु निशुल्क दिने व्यवस्था गरेको बैंकले जनाएको छ । सेयर बजारमा नारीहरुको संलग्नता बढ्दै गएको हालको अवस्थामा बैंकले यस योजना अन्र्तगत प्रदान गरेको निशुल्क डिम्याट र मेरो शेयरले नारीहरुमा सेयर कारोबार प्रति अझ बढि प्रोत्साहन हुने बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्