नबिल, एनआईसी एशिया र ग्लोबल आइएमई बैंकः यी १३ सूचकमा कुन बैंक ठूलो ? « Arthapath.com
१६ असार २०८२, सोमबार

नबिल, एनआईसी एशिया र ग्लोबल आइएमई बैंकः यी १३ सूचकमा कुन बैंक ठूलो ?



काठमाडौं । बैंक तथा वित्तीय र बीमा कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गरेका वित्तीय संस्थामध्ये यहाँ ३ बैंकका विभिन्न सूचक तुलना गरिएको छ । अधिकांश बैंकहरूले अघिल्लो आवको तुलनामा गत आर्थिक बर्ष सबै सूचकमा उल्लेख्य सुधार गरेका छन् । राष्ट्र बैंकका अनुसार हाल २७ वाणिज्य बैंकहरू सञ्चालन छन् । वाणिज्य बैंकहरूमा कुन ठूलो बैंक बन्ने भनेर होड बाजी चल्छ । आफ्नो बैंकलाई कसरी अन्य बैंकभन्दा ठूलो बैंक बनाउने भनेर अभ्यास गरिरहेका छन् । 

एनआईसी एशिया, ग्लोबल आइएमई र नबिल बैंक देशको ठूलो वाणिज्य बैंक बनेर १ नम्बरको ताज आफ्नो कब्जामा ल्याउन चाहन्छन् । तर गत आवको असार मसान्तसम्मको तथ्याङ्क अनुसार यी ३ बैंकको सूचक कस्ता रहेका छन् त  ? 

१. खुद नाफा 

गत असार मसान्तसम्म सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि रहेको छ । नबिल बैंकको ४ अर्ब ५० करोड ४४ लाख ३७ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ३ अर्ब २५ करोड १० लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । 

२. खुद ब्याज आम्दानी 

समीक्षा अवधिमा सबैभन्दा धेरै ब्याज आम्दानी गर्ने बैंकमा एनआईसी एशिया रहेको छ । एनआईसी एशिया बैंकको ९ अर्ब २२ करोड ७५ लाख २ हजार रुपैयाँ, ग्लोबल आईएमई बैंकको ९ अर्ब ३ लाख ५८ हजार रुपैयाँ र नबिल बैंकको ७ अर्ब ७२ करोड ७० लाख ४० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन् । 

३. नेट फि तथा कमिसन आम्दानी 

नेट फि तथा कमिसन आम्दानी धेरै गर्नेमा एनआईसी एशिया बैंक अगाडि रहेको छ । एनआईसी एशियाको १ अर्ब ६१ करोड २८ लाख ४२ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको १ अर्ब ५२ करोड ८७ लाख ९५ हजार रुपैयाँ र  नबिल बैंकको १ अर्ब ४८ करोड ७१ लाख ११ हजार रुपैयाँ रहेको छ । 

४. सञ्चालन मुनाफा

सञ्चालन मुनाफामा सबैभन्दा अगाडि नबिल बैंक छ । नबिल बैंकको ६ अर्ब ४३ करोड ५१ लाख ७२ हजार रुपैयाँ, ग्लोबल आईएमई बैंकको ५ अर्ब ८६ करोड २० लाख ७१ हजार ८८ लाख ९१ हजार रुपैयाँ र एनआईसी एशिया बैंक ४ अर्ब ७१ करोड ८८ लाख ९२ हजार रुपैयाँ पुगेको छ । 

५. वितरणयोग्य मुनाफा

वितरणयोग्य मुनाफामा सबैभन्दा अब्बल नबिल बैंक रहेको छ । नबिल बैंकको ४ अर्ब १४ करोड ६२ लाख ६१ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको २ अर्ब ७६ करोड १९ लाख ३ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको १ अर्ब ९२ करोड १७ लाख २ हजार रुपैयाँ रहेको छ । 

६ कुल सञ्चालन आय

कुल सञ्चालन आयमा भने ग्लोबल आइएमई बैंक अगाडि छ । ग्लोबल आइएमई बैंकको ११ अर्ब ८१ करोड २४ लाख ३२ हजार रुपैयाँ, नबिल बैंकको ११ अर्ब ३४ करोड ३३ लाख ८८ हजा रुपैयाँ र एनआईसी एशिया बैंकको ११ अर्ब ३३ करोड ७५ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । 

७. चुक्ता पूँजी

चुक्ता पूँजीका आधारमा ग्लोबल आईएमई बैंक १ नम्बरमा छ । ग्लोबल आईएमई बैंकका २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ, नबिल बैंकको १३ अर्ब ८४ करोड ४४ लाख ५१ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ११ अर्ब ५६ करोड ४० लाख ५ हजार रुपैयाँ पुगेको छ ।  

८. जगेडा कोष

जगेडा कोषको आकार हेर्ने हो भने नबिल बैंक ठूलो देखिन्छ । नबिल बैंकको जगेडा कोष १५ अर्ब ४८ करोड २ करोड २७ लाख २८ हजार रुपैयाँ, ग्लोबल आइएमई बैंकको ११ अर्ब ५ करोड ५८ लाख ८१ हजार रुपैयाँ र एनआईसी एशिया बैंकको ९ अर्ब १२ करोड ७९ लाख ६० हजार रुपैयाँ सञ्चित रहेको छ । 

९. निक्षेप संकलन

निक्षेप सङ्कलनमा एनआईसी एशिया बैंक नै अगाडि रहेको छ । एनआईसी एशिया बैंकका २ खर्ब ८६ अर्ब ८२ करोड ६ लाख १५ हजार रुपैयाँ, ग्लोबल आईएमई बैंकको २ खर्ब ६८ अर्ब ४३ करोड ३७ लाख ९२ हजार रुपैयाँ र नबिल बैंकको २ खर्ब २३ अर्ब ४७ करोड ८० लाख ८७ हजार रुपैयाँ संकलन भएको छ । 

१०. कर्जा लगानी

कर्जा लगानीमा पनि एनआईसी एशिया बैंक नै अगाडि रहेको छ । एनआईसी एशिया बैंकले २ खर्ब ४८ अर्ब ८१ १४ लाख १५ हजार, ग्लोबल आइएमई बैंकले २ खर्ब २८ अर्ब ८९ करोड ३९ लाख ७८ हजार रुपैयाँ र नबिल बैंकले १ खर्ब ९८ अर्ब १० करोड ७३ लाख ६९ हजार रुपैयाँ कर्जा लगानी गरेका छन् । 

११. प्रतिशेयर आम्दानी (ईपिएस)

प्रतिशेयर आम्दानीमा नबिल बैंकको बढी रहेको छ । नबिल बैंकको ३२ रुपैयाँ ५४ पैसा, एनआईसी एशिया बैंकको २८ रुपैयाँ ११ पैसा र ग्लोबल आईएमईको १९ रुपैयाँ ८ पैसा प्रतिशेयर आम्दानी रहेको छ । 

१२. प्रतिशेयर नेटवर्थ

प्रतिशेयर नेटवर्थमा सबैभन्दा अब्बल नबिल बैंक नै रहेको छ । नबिल बैंकको प्रतिशेयर नेटवर्थ २४०.७३ रुपैयाँ, एनआईसी एशिया बैंकको १७९ रुपैयाँ र ग्लोबल आईएमई बैंकको १५१.११ रुपैयाँ प्रतिशेयर नेटवर्थ रहेको छ । 

१३. पिई रेसियो

पिइ रेसियो अर्थात मूल्य आम्दानी अनुपात सबैभन्दा कम ग्लोबल आईएमई बैंकको रहेको छ । ग्लोबल आईएमई बैंकको २३.१२ गुणा, एनआईसी एशियाको ३५.५६ गुणा र नबिलको ४०.६९ गुणा पिई रेसियो रहेको छ । 


प्रतिक्रिया दिनुहोस्