४९ लाख २७ हजार कित्ता आईपीओ निष्काशन गर्न तीन कम्पनीले दिए ४९ बार्डमा निवेदन, कुनको कति ?
काठमाडौं । तिन कम्पनिले ४९ करोड २६ लाख कित्ता प्राथमिक शेयर आईपीओ निष्काशन गर्न बार्डमा निवेदन दिएका छन । दुई जलविद्युत र एक लघुवित्त सहित तीन कम्पनीले शेयर निष्काशन गर्न नेपाल धितोपत्र बार्डमा निवेदन दिएका हुन ।
जसमा उपकार लघुवित्त वित्तीय संस्थाले २ किरोड ६६ लाख २५ हजार रुपैयाँको प्राथमिक शेयर निष्काशनको अनुमति माग्दै आवेदन दिएको बोर्डले जनाएको छ । प्राथमिक शेयर आईपीओ निष्काशन गर्न बोर्डले अनुमति दिएपछि लघुवित्तले २ लाख ६६ हजार २५० कित्ता शेयर आवेदन सर्वसाधारणका लागि बिक्री गर्नेछ ।लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ रहेको छ ।
त्यसैगरी थ्रिस्टार हाइड्रोपावरले पनि स्थानीय प्रभावित तथा सर्वसाधारणका लागि १२ करोड ३१ लाख रुपैयाँको प्राथमिक शेयर जारी गर्ने बोर्डसंग अनुमती मागेको छ । अनुमति पाएसंगै कम्पनिले १२ लाख ३१ हजार २५० कित्ता शेयर जारी गर्ने छ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा हिमालयन क्यापिटल रहेको छ ।
र अर्को रिभर फल्स पावर कम्पनीले पनि प्रभावित तथा सर्वसाधारणका लागि ३४ करोड ३० लाख रुपैयाँको प्राथमिक शेयर जारी गर्न बोर्डमा निवेृदन दिएको हो । अनुमति पाएसंगै कम्पनिले ३४ लाख ३० हजार कित्ता प्राथमिक शेयर जारी गर्ने छ ।कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।