दुर्गा प्रसाईंद्वारा सिंहदेवी मावीलाई २ करोड रुपैयाँ सहयोग « Arthapath.com
१८ असार २०८२, बुधबार

दुर्गा प्रसाईंद्वारा सिंहदेवी मावीलाई २ करोड रुपैयाँ सहयोग



काठमाडौं । बि एण्ड सी मेडिकल कलेजका सञ्चालक तथा व्यावसायी दुर्गा प्रसाईंले विद्यालय भवन निर्माणका लागी आर्थिक सहयोग गरेका छन् । स्वास्थ्य व्यावसायी तथा उद्यमी दुर्गा प्रसाईंले झापाको सिंहदेवी माविलाई २ करोड रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

झापाको अर्जुनधारा नगरपालिका १ स्थित रहेको सिंहदेवी माध्यमिक विद्यालयलाई व्यावसायी प्रसाईले २ करोड रुपैयाँ सहयोग गरेको बताएका हुन् । प्रसाईंले गरेको सहयोग गरेको रकमले विद्यालयको भवन निर्माण र खानेपानीको व्यवस्थापन गरिनेछ ।

विद्यालय भवनको आज एक समारोहका बीच बीएण्डसी मेडिकल कलेजका कार्यकारी निर्देशक दुर्गा प्रसाईँले शिलान्यास गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्