नेप्सेमा ५ कम्पनीको बोनस र ऋणपत्र सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ? « Arthapath.com
५ भाद्र २०७८, शनिबार

नेप्सेमा ५ कम्पनीको बोनस र ऋणपत्र सेयर सूचीकृत, कुन कम्पनीको कति कित्ता ?



काठमाडौं । यस साता नेप्सेमा विभिन्न ६ कम्पनीको सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार विभिन्न २ कम्पनीको बोनस सेय ३ र २ कम्पनीको ऋणपत्र र एक कम्पनीको प्राप्ति पछिको सेयर नेप्सेमा सूचीकृत भएको हो । विभिन्न ३ कम्पनीको बोनस र प्राप्तिपछि ४१ लाख ७८ हजार ८३३.२२५ कित्ता सेयर र ६१ लाख ५० हजार कित्ता ऋणपत्र सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल फाइनान्स कम्पनी लिमिटेडले ललितपुर फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गरेपछि नेपाल फाइनान्सको नामबाट १८ लाख ७९ हजार ४५२ कित्ता सेयर सेयर सूचीकृत भएको हो । त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा राधी विद्युत कम्पनी लिमिटेडको ३६.५ प्रतिशत बोनस बापतको १७ लाख २८ हजार ४८१.२२५ कित्ता सेयर सूचीकृत भएको हो । त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ प्रतिशत बोनस बापतको ५ लाख ७० हजार ९ सय कित्ता सेयर सूचीकृत भएको छ ।

त्यस्तै, नेपाल स्टक एक्सचेञ्जमा प्रभु बैंक लिमिटेडको “८.५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८७” को २६ लाख ५० कित्ता ऋणपत्र सूचीकृत भएको हो । त्यस्तै, नेपाल स्टक एक्सचेञ्जमा ४ प्रतिशत एनएमबि उर्जा ऋणपत्रको १५ लाख कित्ता र एनएमबि बैंकको ८.५० प्रतिशत एनएमबि ऋणपत्रको २० लाख कित्ता ऋणपत्र सूचीकत भएको हो ।


प्रतिक्रिया दिनुहोस्