मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित « Arthapath.com
७ भाद्र २०७८, सोमबार

मानुषी लघुवित्तको आईपीओ आज बाँडफाँड हुँदै, रिजल्ट हेर्ने तरिकासहित



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज (भदौ ०७ गते, सोमबार) बाँडफाँड हुने भएको छ । संस्थाले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ आज सोमबार बाँडफाँड हुने भएको हो । संस्थाको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टका अनुसार आज सोमबार बिहान ८ः३० बजे बाँडफाँड हुँदैछ ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि छुट्याएको थियो ।

लघुवित्तको आईपीओमा २४ लाख ३ हजार ५५ जनाले आवेदन दिएका छन् । माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट १० कित्ताको दरले शेयर वितरण हुनेछ ।

त्यस अनुसार गोला प्रथाबाट भाग्यमानी ३६ हजार ८५९ जनाले मात्रै १० कित्ता शेयर पाउनेछन् । त्यसमध्येबाटै तीन जनाले थप एक कित्ता अर्थात ११ कित्ता शेयर पाउनेछन् ।

आईपीओ बाँडफाँडपश्चात रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

https://www.manushilbs.com/

https://nsbl.statebank/home


प्रतिक्रिया दिनुहोस्