मानुषी लघुवित्तको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस् « Arthapath.com
१६ असार २०८२, सोमबार

मानुषी लघुवित्तको आईपीओ यी ४ तरिकाबाट हेर्नुहोस्



काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आईपीओ निष्काशन तथा बिक्र प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज सोमबार बिहान बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले साउन २७ देखि ३१ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ९३ लाख ७५ हजार रूपैयाँ बराबरको ३ लाख ९३ हजार ७५० कित्ता शेयर निष्काशन गरेको थियो । जसमध्ये कर्मचारीहरुका लागि ५ हजार ४६९ कित्ता र सामूहिक लागनी कोषहरुलाई १९ हजार ६८८ कित्ता सुरक्षित गरी बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता शेयर सर्वसाधारणहरूका लागि छुट्याएको थियो ।

कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदकले आवेदन दिएका थिए । जसमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना योग्य आवेदकको गोलाप्रथाबाट ३६ हजार ८ सय ५९ जनाले १० कित्ता शेयर पाएका छन् । जसमध्ये ३ जना आवेदकले थप १ कित्ता गरेर कूल ११–११ कित्ता शेयर पाएका छन् । आवेदन दिएका कूल आवेदकमध्ये २३ लाख २४ हजार बढी आवेदकको हात रित्तो भएको क्यापिटलले जनाएको छ ।

कम्पनीको आईपीओ बाँढफाँढ सम्पन्न भएकाले रिजल्ट हेर्न विभिन्न ४ तरिकाबाट सकिन्छ । मानुषी लघुवित्तको वेबसाइट https://www.manushilbs.com/, बिकी प्रबन्धक नेपाल एसबिआइ मर्चेन्टको वेबसाइट  https://nsmbl.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  https://iporesult.cdsc.com.np/  बाट हेर्न सकिने छ ।

आईपीओ रिजल्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

https://iporesult.cdsc.com.np/

www.meroshare.cdsc.com.np
( By login Mero share, You found Result in My ASBA menu & Application Report Submenu)

https://meroshare.cdsc.com.np/#/login

https://www.manushilbs.com/

https://nsbl.statebank/home


प्रतिक्रिया दिनुहोस्