एमाले अध्यक्ष ओली र मध्यमार्गी ९ नेताको कुरा मिल्यो, स्थायी समिति बैठकमा सहभागी हुने « Arthapath.com
७ भाद्र २०७८, सोमबार

एमाले अध्यक्ष ओली र मध्यमार्गी ९ नेताको कुरा मिल्यो, स्थायी समिति बैठकमा सहभागी हुने



काठमाडौं । नेकपा एमालेबाट फुटेर माधव नेपालले नेकपा एकिकृत समाजवादी पार्टी गठन गरेपछि मध्यमार्गी धारमा रहेका नेताहरु र अध्यक्ष ओलीबीच कुरा मिलेको छ । सोमबार अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका एमालेका ९ स्थायी समितिका नेताहरु र अध्यक्ष ओलीबीच मिलेर जाने सहमती जुटेको हो ।

एमालेबाट विभिाजित भएका माधव नेपालसमेतलाई समेटेर आगामी स्थानिय निर्वाचनमा जुट्ने प्रण गर्दै ९ नेता बालकोटबाट बाहिरिएका छन । अव एमालेका स्थायी समितिमा रहेका ९ नेताहरु मंगलबार ओलीले बोलाएको बैठकमा सामेल हुने भएका छन ।

सोमबारको बैठमा भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराई, भीम आचार्य, सुरेन्द्र पाण्डे र रघुजी पन्त सहभागी भएका थिए । उनिहरुले पार्टी एकताको लागी अध्यक्ष ओलीलाई लचक बन्न आग्रह गरेका छन ।


प्रतिक्रिया दिनुहोस्