लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
काठमाडौ । एमालेले बैठक बहिष्कार गरेपनिलुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन् । आज प्रदेशसभा बैठकमा विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत पाएका छन । त्यसैगरी १ जनाको मत भने तटस्थ देरिहेको छ ।
नेकमा एमालेले भने उनले विश्वासको मत लिन बोलाएका प्रदेशसभा बैठक अवरुद्ध गदै बहिस्कार गरेका थिए ।माओवादी केन्द्र संसदीय दलका नेता केसी नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा गत साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।
८० जना सदस्य रहेको प्रदेशसभामा बहुमतका लागि ४१ मत चाहिन्छ । उनले ४२ मत पाएका छन ।