मध्यमार्गी नेताहरु केपी ओलीको टाङमुनि छिरेः रामकुमारी झाँक्री दावी « Arthapath.com
८ भाद्र २०७८, मंगलवार

मध्यमार्गी नेताहरु केपी ओलीको टाङमुनि छिरेः रामकुमारी झाँक्री दावी

काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले भीम रावलसहितका नौ जना नेताहरु एमाले अध्यक्ष केपी शर्मा ओलीको टाङमुनि छिरेको आरोप लगाएकी छन् ।

सोमबार नेकपा एमालेमा मध्यमार्गी नेताहरु बालकोट पुगेर पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग १० बुँदे सम्झौता कार्यान्वयनमा ल्याउने सहमति भएपछि नेतृ झाँक्रीले यस्तो बताएकी हुन् । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले आफ्ना नेताहरुको मन भाँड्ने आशंकामा चन्द्रागिरी रिसोर्टमा राखिएको बताईएको छ ।

प्रस्तावित पार्टीको केन्द्रीय कमिटी बैठक राखिएको चन्द्रागिरि रिसोर्टको केबलकार स्टेशनमा पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएकी हुन् । उनले चन्द्रागिरि रिसोर्टमा नयाँ पार्टीको खाका कोरिने पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्