माधव नेपालले भने दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेमा फकिन्छौँ « Arthapath.com
१६ असार २०८२, सोमबार

माधव नेपालले भने दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेमा फकिन्छौँ



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपालले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेमा फर्किने बताएका छन् । चन्द्रागिरि रिसोर्टमा आफूनिकट नेताहरूसँग बैठक बस्नुअघि विगतमा आफूसँग रहेका एमालेका नौ स्थायी कमिटी सदस्यहरूलाई बोलाएर आगामी १० औँ महाधिवेशनबाट ७० वर्षे उमेरहद हटाए आफू निःशर्त एकता गरी एमालेमा फर्कने बताएका हुन् ।

नेता नेपालले ७० वर्षे उमेरहद हटेर नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भए हाल ओलीलाई साथ दिँदै आएका जुनसुकै नेतालाईसमेत नेता मानेर एकता प्रक्रियामा फर्कने प्रतिवद्धता जनाएका हुन् । नयाँ पार्टी गठनको अभियान पनि सँगसँगै तीव्र पार्ने रणनीतिमा नेता नेपाल रहेका छन् ।

नेकपा एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउदै अध्यक्ष नेपालले दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण भए एमालेसँग निःशर्त एमालेमै फर्किने बताए । नेतृत्व दोस्रो पुस्तामा हस्तान्तरण हुनुपर्ने अडानमा रहेका नेपाल केपी ओलीले माधव नेपालविनाको पार्टी चाहेको भन्दै तत्कालका लागि एकताको ढोका बन्द भएको पनि बताएका छन् ।

माधव नेपालको यो सन्देश लगत्तै विगतमा आफूसँग रहेका नेताहरू भीम रावलदेखि घनश्याम भुसाल हुँदै रघुजी पन्तसम्मका नेताहरू केपी ओलीसँग १० बुँदे सम्झौता कार्यान्वयन गरेर तत्कालका लागि एमालेमै रहने निष्कर्षमा पुगेका हुन् । उनीहरूले अब पनि पार्टीको विधान अधिवेशनमै ७० वर्षे उमेरहद हटाउन लविइङ गर्ने भएका छन् ।


प्रतिक्रिया दिनुहोस्