माधव नेपालको खुलासा अष्टलक्ष्मी शाक्यलाई सल्लाहमै मुख्यमन्त्री बनाईएको हो
काठमाडौं । बागमति प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई आफूहरुको सल्लाहमा नै बनाएको बताएका नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले बताएका छन् । चन्द्रागिरीमा केन्द्रीय समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
अध्यक्ष माधवकुमार नेपालले अष्टलक्ष्मी शाक्य वागमती प्रदेशको मुख्यमन्त्री सल्लाहमै बनेको खुलासा गरेका हुन् । अध्यक्ष नेपालले भने ‘अष्ट कमरेड सल्लाहले नै मुख्यमन्त्री बन्नुभएको हो, तर अहिले अप्ठेरोमा हुनुहुन्छ, अध्यादेश अनुसार प्रदेश र स्थानीय तहका प्रतिनिधिलाई २१ दिनभित्र पार्टी रोज्न पाउने व्यवस्था छ, त्यो व्यवस्था अनुसार उहाँले कुन पार्टी रोज्नुहुन्छ त्यो उहाँकै कुरा हो ।’