उपत्यकाको निषेधाज्ञा १ साता लम्बियो, अब राति ८ बजेपछि गाडी चलाउन पाइने « Arthapath.com
१६ असार २०८२, सोमबार

उपत्यकाको निषेधाज्ञा १ साता लम्बियो, अब राति ८ बजेपछि गाडी चलाउन पाइने



काठमाडौं । काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप गरिएको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भदौ १६ गतेसम्मका लागी निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् ।

मंगलबार बसेको बैठकले राति ८ बजेपछि सवारी साधन सञ्चालनमा लगाएको निषेधाज्ञा भने हटाएको छ । यसअघि साउन २८ गतेदेखि भदौ ८ गतेसम्म निजी तथा सार्वजनिक सवारी साधनलाई ८ बजेसम्म गन्तव्यमा पुगिसक्नुपर्ने ब्यवस्था गरेको थियो ।

तर तालिम लगायतका गोष्ठिहरु भौतिक रूपमा २५ जनासम्म उपस्थित भएर मात्रै सञ्चालन गर्न दिईने भएको छ । परीक्षाहरु पनि हल तथा कोठाको आकारअनुसार २५ जनाभन्दा बढी मानिसहरु भेला नहुने गरी सञ्चालन गर्न दिइने निर्णय भएको छ ।


प्रतिक्रिया दिनुहोस्