लुम्बिनी प्रदेश सांसद पद गुमाएका न्यौपाने र पन्थीलाई पुनर्बहाली गर्न सर्वोच्चले दिएन आदेश

काठमाडौं । नेकपा माओवादीका प्रदेश सासंद दधिराम न्यौपाने र दिनेश पन्थीको पद गएको छ । नेकपा माओवादीले कारबाही गरेपछि लुम्बिनी प्रदेशसभा सदस्य पद गुमाएका दधिराम न्यौपाने र दिनेश पन्थीले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसंगै उनीहरुको पद गुमेको हो ।
न्यायाधीश दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासले केसी र पन्थीलाई सासंद पद पुनर्बहालीका लागि अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ ।न्यौपाने रुपन्देही क्षेत्र नम्बर १ ९२० र दिनेश पन्थी गुल्मी क्षेत्र नम्बर २९२० बाट निर्वाचित भएका थिए ।