लघुवित्तलाई एनएफआरएसमा वित्तीय विवरण सार्वजनिक गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पनि नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआरएस) अनुसार वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशिका जारी गरि लघुवित्त वित्तीय संस्थालाई एनएफआरएसमा वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको हो । राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०८९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान (एनएफआएस) अनुसार समेत समानान्तर रुपमा तयार गर्नु पर्ने भएको हो ।
राष्ट्र बैैंकले जारी गरेको निर्दशिकामा भनेको छ, ‘यस बैंकको निर्देशनमा तोकिएको अवस्थामा बाहेक वित्तीय विवरणहरु नेपाल लेखा मापदण्ड अनुसार तयार गर्नु पर्नेछ । नेपाल लेखा मापदण्डले समावेश नगरेका क्षेत्रह?मा अन्तर्राष्ट्रिय लेखा मापदण्डलाई आधारको रुपमा लिनु पर्नेछ । थोक कर्जा कारोवार गर्ने र सर्वसाधारणबाट निक्षेप संकलन गर्ने लघुवित्त वित्तीय संस्थाह?ले २०७८ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुसार समेत समानान्तर रुपमा तयार गर्नु पर्नेछ ।’
साथै, राष्ट्रियस्तरका लघुवित्त वित्तीय संस्थाहरुले २०७९ असार मसान्तको वित्तीय विवरण नेपाल वित्तीय प्रतिवेदनमान अनुसार समेत समानान्तर रुपमा तयार गर्नु पर्नेछ ।
