आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत

काठमाडौ । आरविवि म्युचुअल फण्ड १ नेपाल स्टक एक्सचेञ्जमा नेप्सेमा सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंकको कोष प्रबद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” को प्रति इकाई १० रुपैयाँ अंकित दरले १ अर्ब २५ करोड रुपैयाँ बराबरको १२ करोड ५० लाख ईकाई नेप्सेमा सुचिकुत भएको हो ।
आज नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोवार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भयो । उक्त सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन ।
उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतिशत् लगानी रहेको सहायक कम्पनीे आरविवि मर्चेन्ट बैकिङ्ग रहेको छ।