अब बैंकहरुको नाफा घट्छ, सीडी रेसियो कार्यान्वयन गर्न ३ चरण प्रस्तावः अध्यक्ष दाहाल « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

अब बैंकहरुको नाफा घट्छ, सीडी रेसियो कार्यान्वयन गर्न ३ चरण प्रस्तावः अध्यक्ष दाहाल



काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बैंकहरुको नाफाघट्ने बताएका छन् । बैंकहरुको नाफा निरन्तर घटिरहेकाले सीडी रेसियो कार्यान्वयनको मोडल संसोधन गर्न उनले माग गरेका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको मौद्रिक नीति कार्यान्वयन सम्बन्धी छलफल कार्यक्रममा बोल्दै राष्ट्र बैंक सेयर कारोबारमा गरेको कडाइका कारण बैंकहरुको नाफा घट्ने अध्यक्ष दाहालले बताए । सानिमा बैंकका सिईओ समेत रहेका अध्यक्ष दाहालले भने, ‘यसपाली बैंकहरुले सेयर बजारबाट अलि बढी नाफा देखिएको हो, सेयर कारोबारबाट पाएको नाफालाई हटाउने हो भने बैंकहरुले नाफा थोरै छ ।’

त्यस्तै, उनले बैंकहरुको औसत रिटर्न अन इक्वीटी घट्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् । ‘बैंक तथा वित्तीय संस्थाहरुमा लगानी धेरै छ, लगानी अनुसारको प्रतिफल एकदमै कम छ, यसले बैंकिङ क्षेत्रमै समस्या आउन सक्छ, यसमा हामी चिन्तित छौं, बैंकहरुको कति प्रतिशत रिटर्न फेयर हो ? कोभिडको समयमा कति प्रतिशत रिटर्न ठीक हो ?’

उनले सीडी रेसियो कार्यान्वयनका लागि तीन चरण समेत प्रस्ताव गरेका छन् । पहिलो चरण पुससम्मा ९२ प्रतिशत, दोश्रो चैतमा ९१ प्रतिशत र असारमा ९० प्रतिशत कायम गर्दा हुने व्यवस्था गर्न उनले गभर्नर समक्ष सुझाव दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस्