सहारा विकास बैंकको नाफा ५०.५५ प्रतिशतले छलाङ, ब्याज आम्दानी साढे २ करोड रुपैयाँ « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

सहारा विकास बैंकको नाफा ५०.५५ प्रतिशतले छलाङ, ब्याज आम्दानी साढे २ करोड रुपैयाँ



काठमाडौं । सहारा विकास बैंकको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा ५०.५५ प्रतिशत बढेर १ करोड ८९ लाख ५० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १ करोड २५ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असार मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १३.६९ प्रतिशत बढेर २ करोड ४१ लाख ६७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले २ करोड १२ लाख ५६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समिक्षा अवधिमा बैंकको कुल सञ्चालन मुनाफा ८.९३ प्रतिशत बढेर २ करोड ७३ लाख ६५ हजार रुपैयाँ, सञ्चालन मुनाफा ६५.४४ प्रतिशत बढेर ३ करोड ८० हजार रुपैयाँ, नेट फि कमिशन ३४ प्रतिशत घटेर ८ लाख ९२ हजार रुपैयाँमा सिमित भएको छ ।

गत असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ६६.६६ प्रतिशत बढेर २७ करोड २२ लाख ७० हजार रुपैयाँ, जगेडा कोष २.४६ प्रतिशत बढेर ६ करोड ४३ लाख ८५ हजार रुपैयाँ, निक्षेप २८.९३ प्रतिशत बढेर १ अर्ब १० करोड ९ लाख ४२ हजार रुपैयाँ र कर्जा ३४ प्रतिशत बढेर ९७ करोड २० लाख ८५ हजार रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ९६ पैसा रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ३.२२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ७८ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्