मर्जरको हल्ला चलाईएका सगरमाथा र हिमालयन जनरल इन्स्योरेन्समध्ये कुन सूचकमा कुन कति बलियो ?
काठमाडौं । मर्जरको हल्ला चलेका सगरमाथा इन्स्योरेन्स र हिमालयन इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । अहिले यी दुवै कम्पनी एकआपसमा मर्जर हुने हल्ला चलेको छ । विभिन्न मिडियामा यी दुबै कम्पनी एक आपसमा मर्ज हुन लागेका समाचारहरु सार्वजनिक भईरहेका छन् । तर यस विषयमा दुबै कम्पनीबाट आधिकारिक कुरा भने सार्वबाहिर आएको छैन् ।
सञ्चार माध्यममा दुई बीमा कम्पनीहरुले स्वाप रेसियो समेत सार्वजनिक गरेका छन् । यस विषयमा दुबै कम्पनीका सञ्चालकलाई बीमा समितिमा बोलाएर स्पष्टिकरण माग्ने तयारीमा बीमा समिति रहेको छ । दुबै कम्पनीले गएको वार्षिक साधारण सभाबाट मर्जरका लागि आवश्यक प्रकृया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रस्ताव पारित गरिसकेका छन् । यसैलाई आधार मानेर दुबै कम्पनी मर्ज हुने आशंका गरिएको हुन सक्छ । गत आर्थिक बर्षको चौथो त्रैमासमा सार्वजनिक गरेको वित्तीय विवरण अनुसार यी दुबै कम्पनीमा कुन सूचकमा कुन कम्पनी कति बलियो रहेको छ ? यसबारेमा यहाँ तुलना गर्न खोजिएको छ । गत आर्थिक बर्षको वित्तीय विवरण हेर्ने हो भने सगरमाथा इन्स्योरेन्स अगाडि देखिएको छ ।
खुद नाफा
गत असार मसान्तसम्म खुद नाफा आर्जनमा हिमालयन इन्स्योरेन्सभन्दा सगरमाथा इन्स्योरेन्स कम्पनी अगाडि देखिएको छ । सगरमाथा इन्स्योरेन्सले ४५ करोड १५ लाख ९० हजार रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले १५ करोड ५५ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
चुक्ता पूँजी
गत असार मसान्तसम्म चुक्ता पूँजीको आधारमा पनि सगरमाथा इन्स्योरेन्स अगाडि छ । सगरमाथा इन्स्योरेन्सको १ अर्ब ११ करोड १३ लाख ५७ हजार रुपैयाँ र हिमालयन इन्स्योरेन्सको १ अर्ब १० करोड ३ लाख ३७ हजार रुपैयाँ चुक्ता पूँजी रहेको छ ।
जगेडा कोष
जगेडा कोषमा पनि सगरमाथा इन्स्योरेन्स कम्पनी बलियो देखिएको छ । सगरमाथा इन्स्योेन्सको ४८ करोड ५ लाख ५१ हजार रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सको २४ करोड ६७ लाख ९० हजार रुपैयाँ रहेको छ ।
बीमा कोष
बीमा कोषका आधारमा झण्डै दोब्बरले सगरमाथा इन्स्योरेन्स अगाडि रहेको छ । सगरमाथा इन्स्योरेन्सको १ अर्ब ४ करोड ५२ लाख १० हजार रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सको ६३ करोड ९७ लाख १८ लाख रुपैयाँ बीमा कोषमा रहेको छ ।
खुद बीमा शुल्क आर्जन
सगरमाथा इन्स्योरेन्सले १ अर्ब २३ करोड ५६ लाख रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले २५ करोड ९ लाख २० हजार रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ ।
खुद दाबी भुक्तानी
सगरमाथा इन्स्योरेन्सले ७० करोड ६५ लाख ८२ हजार रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले १२ करोड ३६ हजार रुपैयाँ खुद दावी भुक्तानी गरेको छ ।
कुल बीमा शुल्क आर्जन
सगरमाथा इन्स्योरेन्सले २ अर्ब ६१ करोड ६१ लाख ४६ हजार रुपैयाँ र हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ३० करोड ६९ लाख ६७ हजार र रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।
प्रतिशेयर आम्दानी
सगरमाथा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४० रुपैयाँ ६३ पैसा र हिमालयन जनरल इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १४ पैसा रहेको छ ।
प्रतिशेयर नेटवर्थ
सगरमाथा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २४६ रुपैयाँ २६ पैसा र हिमालयन जनरल इन्स्योरेन्को प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ २२ पैसा रहेको छ ।
पिइ अनुपात
सगरमाथा इन्स्योरेन्सको पिइ अनुपात ३३.०८ गुणा र हिमालयन जनरल इन्स्योरेन्सको पिइ अनुपात ५४.३२ गुणा रहेको छ ।
महाविपत्ति जगेडा कोष
सगरमाथा इन्स्योरेन्सको महाविपत्ति जगेडा कोषमा ९ करोड ९७ लाख १४ हजार रुपैयाँ र हिमालयनको ५ करोड ११ लाख ५७ हजार रुपैयाँ रहेको छ ।
खुद स्थिर सम्पत्ति
सगरमाथा इन्स्योरेन्सको खुद स्थिर सम्पत्ति १८ करोड ४१ लाख २१ हजार रुपैयाँ र हिमालयन इन्स्योरेन्सको ८ करोड २७ लाख २ हजार रुपैयाँ रहेको छ ।
दिर्घकालिन लगानी तथा कर्जा
सगरमाथा इन्स्योरेन्सको ६० करोड १७ लाख ७७ हजार रुपैयाँ र हिमालयन जनरलको २९ करोड २२ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
व्यवस्थापन खर्च
सगरमाथा इन्स्योरेन्सको व्यवस्थापन खर्च ३ करोड १ लाख ६८ हजार रुपैयाँ र हिमालयनको १ करोड ६६ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
पुनर्बीमा कमिशन आय
सगरमाथा इन्स्योरेन्सको पुनर्बीमा कमिशन आय ३२ करोड ८ लाख ७४ हजार रुपैयाँ र हिमालयन इन्स्योरेन्सको ११ करोड ४८ लाख ८ हजार रुपैयाँ रहेको छ ।
लगानी, कर्जा तथा अन्य आय
सगरमाथा इन्स्योरेन्सको १७ करोड ४६ लाख १ हजार रुपैयाँ र हिमालयनको ३ करोड ८७ लाख २० हजार रुपैयाँ रहेको छ ।
सगरमाथा इन्स्योरेन्सले गत असार मसान्तसम्म १० हजार ६९ पोलीशीको १ अर्ब ३३ करोड २३ लाख ६२ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । कम्पनीले १ लाख ५९ हजार ५१३ नयाँ बीमा लेख जारी गरेको छ भने ७७ हजार ८२९ बीमालेख नविकरण गरेको छ । त्यस्तै, कम्पनीले ९ हजार ६५१ बीमालेखको १ अर्ब ७७ करोड २५ लाख ३८ हजार रुपैयाँ दावी भुक्तानी गर्न बाँकी रहेको छ ।
यता हिमालयन जनरल इन्स्योरेन्सले ७ हजार ३८४ बीमालेखको १ अर्ब ७५ करोड ४७ लाख ५५ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । त्यस्तै, ७५ हजार ६८७ बीमा लेख जारी गर्दा १६ हजार ३५ बीमा लेख संख्या नविकरण गरेको छ । त्यस्तै, ३ हजार ६२३ बीमालेखको ५६ करोड ५४ लाख ३५ हजार रुपैयाँ दावी भुक्तानी हुन बाँकी रहेको छ ।