यी ८ विकास बैंकको नाफा ६९ प्रतिशतले छलाङ, सांग्रिला बैंकको ११८% बढ्दा पनि पुच्छारमा, मुक्तिनाथ बैंक १ नम्बरमा

काठमाडौं । गत आर्थिक बर्षको चौथो त्रैमासमा विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । वित्तीय विवरण हेर्दा अधिकांश बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ । केही विकास बैंकले भने वाणिज्य बैंकको भन्दा उल्लेख्य रुपमा नाफा बढाएका छन् । केही विकास बैंकको जति पनि वाणिज्य बैंकले पनि नाफा आर्जन गर्न सकेका छैनन् । रकमका आधारमा बढी नाफा गर्नेमा मुक्तिनाथ बैंक अघि देखिए पनि नाफा वृद्धिदर बढाउनेमा कामना विकास बैंक अग्रपंक्तिमा छ ।
सञ्चालनमा रहेका ८ राष्ट्रिय स्तरका विकास बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ५ अर्ब ५९ करोड ८८ लाख ६६ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ८ राष्ट्रिय स्तरका बैंकले ३ अर्ब ३१ करोड ७८ लाख ०३ हजार रुपैयाँ बराबरको नाफा आर्जन गरेका थिए । यो अघिल्लो आवको तुलनामा ६९ प्रतिशत धेरै खुद नाफा आर्जन गरेका हुन् ।
गत आर्थिक वर्षमा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा मुक्तिनाथ विकास बैंक रहेको छ । मुक्तिनाथ विकास बैंकको खुद नाफा ६२.६९ प्रतिशत बढेर १ अर्ब १५ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ७० करोड ७४ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, दोस्रोमा बढी नाफा गर्ने बैंक गरिमा विकास बैंक छ । गरिमा विकास बैंकको नाफा ४२.९७ प्रतिशत बढेर ८२ करोड ५२ लाख ८८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ५७ करोड ७२ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
तेस्रोमा ज्योति विकास बैंक रहेको छ । ज्योति विकास बैंकको खुद नाफा ५१.८४ प्रतिशत बढेर ७४ करोड १६ लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लने आवको सोही अवधिमा बैंकले ४८ करोड ८४ लाख ५६ हजार नाफा आर्जन गरेको थियो ।
त्यस्तै, महालक्ष्मी विकास बैंकको नाफा ७१.०१ प्रतिशत बढेर ७३ करोड रुपैयाँ आर्जन गरोके छ । अघिल्लो आवको सोही अवधिमा ४२ करोड ८५ लाख ६४ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यसैगरि, कामना सेवा विकास बैंकको खुद नाफा ४८४.९६ प्रतिशत बढेर ७० करोड २ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ११ करोड ९७ लाख १९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, लुम्बिनी विकास बैंकको खुद नाफा ३६.८६ प्रतिशत बढेर ५१ करोड ६२ लाख ८८ रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा बैंकले ३७ करोड ८५ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा १०.६१ प्रतिशत बढेर ५१ करोड ४५ लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले ४२ करोड ६७ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
सांग्रिला डेभलपमेन्ट बैंकको खुद नाफा ११८.१८ प्रतिशत बढेर ४१ करोड ६९ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकले १९ करोड १० लाख ९७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।