‘एनएमबि सरल बचत फण्ड-ई’ बिहीबारदेखि बिक्री खुला गरिने, कति कित्ता आवेदन दिने ?

काठमाडौं । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडको खुलामुखी म्युचुअल फण्ड बिहीबारदेखि निष्काशन तथा बिक्री खुला गरिने भएको छ । एनएमबि क्यापिटल मार्केट्स लिमिटेडले खुलामुखी म्युचुअल फण्ड बिहीबार (भदौ, १७ गते) देखि निष्काशन गर्ने भएको छ । क्यापिटलले निष्काशन तथा बिक्री खुला गर्ने भएको हो ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात ४ करोड इकाई पहिलो चरणमा निष्काशन गर्ने क्यापिटलले जनाएको छ ।
कूल इकाई मध्ये १४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक एनएमबि बैंक र १ प्रतिशत योजना व्यवस्थापक एनएमबि क्यापिटललाई छुट्याइएको छ । बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारणका लागि बिक्री खुला गर्ने भएको हो ।
उक्त फण्डमा छिटोमा भदौ २१ गते र ढिलोमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त म्युचुअल फण्डमा लगानीकर्ताले प्रतिइकाई १० रुपैयाँको दरले न्यूनतम १०० इकाईदेखि अधिकतम ४० लाख इकाईसम्मका लागि आवेदन दिनसक्नेछन् ।
धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट आवेदन दिन सक्नेछन् ।