अरुण काबेलीको मूल्य नेप्सेमा समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जमा अरुण काबेली पावरको सेयरमूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले बुकक्लोज गरेसँगै आज नेप्सेमा अरुण काबेली पावरको १७ प्रतिशत बोनश सेयरमूल्य समायोजन भएको हो ।
समायोजन भएसैगै कम्पनिको शेयरमुल्य ६ सय ८१ पुगेको छ । गत आईतबार कम्पनिको शेयर प्रतिकित्ता ७ सय ९७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । आइतबार अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा सेयर मूल्य समायोजन भएको हो ।
अरुण काबेली पावरले १७ प्रतिशत बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्न भदौ २६ गते साधारण सभा डाकेको छ । बोनस शेयर वितरण गरेसंगै १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि साधारण सभाले पारीत गर्ने छ ।