खल्तीबाट कुनै पनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने

काठमाडौं । अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिटल वालेटले कुनै पनि सहकारीमा निशुल्क पैसा उठाउन सकिने सुविधा ल्याएको छ । खल्ती मा उपलब्ध रहेका ४०० भन्दा बढी सहकारी अर्थात् कोअपरेटिभ खातामा निःशुल्क रकम पठाउन सकिने आकर्षक सेवा कार्यान्वयनमा ल्याएको हो ।
यस सेवा अन्तर्गत प्रयोगकर्ताहरुले खल्ती बाट आफ्नो सहकारी खातामा प्रत्येक पटक २५ हजार र दिनको १ हजारसम्म रकम निशुल्क पठाउन वा जम्मा गर्न सक्ने खल्तीले जनाएको छ । त्यसैगरी, प्रत्येक महिनाको अधिकतम १० पटक वा २ लाख ५० हजारसम्मको रकम बिना कुनै सेवा शुल्क खल्ती बाट कुनै पनि सहकारी खातामा ट्रान्सफर गर्न सकिने खल्तीले जानकारी दिएको छ ।
खल्ती केवाईसी भेरिफाई गराएको प्रयोगकर्ता, खल्ती पसल, र एजेन्टहरुको हकमा यो अफर लागु हुनेछ । नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरि खल्ती केवाईसी भेरिफाई गरि उक्त आकर्षक अफर मा सहभागी हुन सक्नेछन् ।
खल्ती बाट आफ्नो सहकारी खातामा निः शुल्क रकम ट्रान्सफर गर्नको लागिः
१ खल्ती एप डाउनलोड गरी लग–इन गर्ने (नयाँ प्रयोगकर्ताहरुले साइन अप मा जाने)
२ खल्ती को होम पेजमा गई “कोअपरेटिभ ट्रान्सफर” मा ट्याप गर्ने
३ अब सम्पूर्ण विवरण दाखिला गरी “भ्यालिडेट कोअपरेटिभ अकाउन्ट” बटनमा दबाउने
४ अन्त्यमा सबै विवरण यकिन भएको निश्चित गरि “ओके” बटनमा ट्याप गर्ने