सानिमा लाइफको आईपीओ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नेप्सेबीच दोस्रो बजारमा आइपीओ सुचीकृत गर्न र कारोबार गर्ने सम्झौता भएको हो ।
सानिमा लाईफको २ करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको जनाएको छ । डिम्याट खातामा सानिमा लाइफलाई ‘एसएलआई’ (SLI) सिम्बोल पाएको छ । कम्पनीको आईपीओ भोलिदेखि कारोबारमा आउने नेप्सेले जनाएको छ ।
नेप्सेले कम्पनीको आईपीओलाइ न्युनतम प्रतिकित्ता १०३ रुपैयाँ १७ पैसा र अधिकतम ३०९ रुपैयाँ ५१ पैसा सम्म रेञ्ज तोकेको छ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ ।
कम्पनीले साउन २० गतेदेखि साउन २४ गतेसम्म सर्वसाधारणलाई प्राथमिक सेयर जारी गरेको थियो । कम्पनिको आईपीओ ५ लाख ४० हजारले १० कित्ताका दरले पाएका छन् ।

