सानिमा लाइफको आईपीओ आजदेखि कारोबारमा आउने, होला त ३०९.५१ रुपैयाँबाट कारोबार ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ नेप्सेमा सूचीकृत भईसकेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार सानिमा लाइफको २ करोड कित्ता सेयर सूचीकृत भएको हो । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र नेप्सेबीच दोस्रो बजारमा आइपीओ सुचीकृत गरि कारोबार गर्ने सम्झौता भएको हो ।
सानिमा लाईफको २ करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको जनाएको छ । डिम्याट खातामा सानिमा लाइफलाई ‘एसएलआई’ सिम्बोल पाएको छ । कम्पनीको आईपीओ आजदेखि कारोबारमा आउने नेप्सेले जनाएको छ ।
कम्पनीको पहिलो कारोबारको लागि नेप्सेले न्युनतम १०३ रुपैयाँ १७ पैसा देखि ३०९ रुपैयाँ ५१ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । त्यस अनुसार आज बिहीबार देखि कम्पनीको शेयर दोस्रो बजारमा कारोबार खुल्नेछ । नेप्सेले हरेक कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज तोक्ने गर्दछ । कम्पनीको आईपीओ अधिकतम मूल्यबाट हुने आँकलन बढि गरिएको छ । तर यसबारेमा नेप्सेको प्रिओपनिङ सेसनबाट नै थाहा पाइन्छ ।
कम्पनीले साउन २० गते देखि २४ गतेसम्म सर्वसाधारणमा कुल ६० लाख कित्ता शेयर निष्काशन गरेको थियो । त्यसमध्ये कर्मचारीलाई ३ लाख र म्युचुअल फन्डलाई ३ लाख कित्ता शेयर छुट्याएर बाँकी ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरेको थियो ।
