बिहीबार नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयर सूचीकृत « Arthapath.com
१७ भाद्र २०७८, बिहीबार

बिहीबार नेप्सेमा सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस सेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीको १२ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२ प्रतिशत बोनस बापतको १२ लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

कम्पनीको जेठ २८ गते सम्पन्न भएको १९ औँ वार्षिक साधारण सभाले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र ३.७८९४ प्रतिशत नगद लाभांश (करसहित) गरी १५.७८९४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्